Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीको एसबीआई बैंक लुटमा घरधनीकै संलग्नता, ७ जना पक्राउ

Radio Everest by Radio Everest
January 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २, सोलुखुम्बु । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबीआई बैंक लुटपाटमा घरधनीकै संलग्नता देखिएको छ । पुस २९ मा साँझ बैंक लुटमा संलग्न आरोपमा प्रहरीले बैंकको शाखा रहेको घरका धनी छविलाल स्याङ्तानलाई पनि पक्राउ गरेको छ । घरधनी सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले बताउनुभयो ।

पक्राउ परेका ७ जना र उनीहरूको भूमिकाबारे प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएका ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका घर भएका ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर घर भएका २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ घर भएका २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ बस्ने ४४ वर्षीय छविलाल स्याङ्तान र १६ वर्षीय बालक छन् । बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार नगद प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको डीएसपी सुवेदीले जानकारी बताउनुभयो ।

प्रहरीले लुटमा प्रयोग भएको नक्कली पेस्तोल र खुकुरी बरामद गरेको छ । घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान पनि गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घ्याङलेख गाउँपालिका–२ बस्ने चतुरमान बज्यु र घरधनी छविलाल स्याङ्तानले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

लुटेराहरू पुस २३ मा काठमाडौँबाट २ वटा मोटरसाइकलमा सिन्धुली गएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पुस २९ मा कोटेश्वरमा भेला भएर लुटेराहरू बनेपासम्म सार्वजनिक यातायातमा गएका थिए ।

बनेपाबाट टाटा सुमो रिजर्भ गरेर घटनास्थलमा पुगेका हुन् । एसबीआई बैंकको शाखा कार्यालयका अनुसार ३ करोड ७ लाख लुटपाट भएको छ । आरोपीहरू विरुद्ध प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Previous Post

सोलुखुम्बुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Next Post

कोटा भन्दा कम आएपछि सोलुखुम्बुमा निर्वाचन प्रहरीको आवेदन म्याद थपियो

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly