माघ २, सोलुखुम्बु । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा निर्वाचन प्रहरी नयाँ भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । जिल्लामा मागअनुसार आवश्यक संख्यामा निर्वाचन प्रहरीको आवेदन नपुगेपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले म्याद थप गरेको हो।
यसअघि माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी भर्नाका लागि आवेदकहरूले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, इलाका प्रहरी कार्यालय नाम्चे, इलाका प्रहरी कार्यालय नेचा तथा इलाका प्रहरी कार्यालय सोताङबाट फाराम दर्ता गर्न सक्ने छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजत कुँवरका अनुसार जिल्लामा कुल ८ सय ५१ जना निर्वाचन प्रहरीको माग गरिएको छ । तर सो मागअनुसार हालसम्म पर्याप्त आवेदन नपुगेको जनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि म्याद थप गरिएको प्रहरी कार्यालयले जनाएको छ ।











Discussion about this post