माघ २, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका अन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्थानीय भत्ता मागका सम्बन्धमा शिक्षक महासङ्घ रावा बेसीले गाउँपालिकासमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ। शिक्षक महासङ्घ रावा बेसीका अध्यक्ष भुवराज पोखरेलको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीले गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल तथा शिक्षा शाखा प्रमुख धन कुमार खत्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमार्फत महासङ्घले शिक्षक तथा कर्मचारीहरूको पेशागत सम्मान, मनोबल अभिवृद्धि तथा कार्यप्रेरणा बढाउन स्थानीय भत्ता आवश्यक रहेको उल्लेख गरेको छ। दुर्गम क्षेत्रको भौगोलिक अवस्था, बढ्दो जीवनयापन खर्च र सेवामा निरन्तरता कायम राख्न स्थानीय तहबाट थप सुविधा आवश्यक भएको महासङ्घको भनाइ छ। यस विषयमा छलफलका क्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वले मागप्रति सकारात्मक आश्वासन दिएको शिक्षक महासङ्घ रावा बेसीले जनाएको छ।











Discussion about this post