माघ २, सोलुखुम्बु । स्थानीय उत्पादन र बजारीकरणलाई प्राथमिकता दिँदै लिखुपिके गाउपालिका–४ काफ्लेचौरमा हप्ताको प्रत्येक शुक्रबार हाट सञ्चालन हुने भएको छ। कृषि प्रवद्र्धन कार्यक्रमको अवधारणालाई सार्थक बनाउने उद्देश्यसहित शुक्रबारदेखि नियमित हाट सुरु गरिएको हो। हाटको उद्घाटन लिखुपिके गाउपालिका अध्यक्ष मिना कार्की बस्नेतले गर्नुभएको थियो।
उद्घाटन समारोहमा अध्यक्ष बस्नेतले स्थानीय कृषकहरूले उत्पादन गरेका कृषि उपज, दुग्धजन्य पदार्थ तथा मासुजन्य वस्तुहरूको सहज बिक्री–वितरणमा हाटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादनको बजारीकरणलाई थप प्रभावकारी बनाउन गाउपालिकाले आगामी दिनमा लिखुपिके गाउपालिका भित्रका कृषकहरूले उत्पादन गरेका कृषि उपज संकलन गरी यातायातको व्यवस्था मिलाएर काठमाडौंसम्म पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, पाँचै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। साप्ताहिक हाट सञ्चालनसँगै स्थानीय कृषकहरूलाई बजारको सुनिश्चितता मिल्ने र स्थानीय अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।










Discussion about this post