माघ ३, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका–११ को वडा अधिवेशन शनिबार सम्पन्न गरेका छ । वडा अधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुका सभापति नारायण काजी कार्कीको उपस्थितीमा सम्पन्न भएको हो । अधिवेशनबाट वडामा अध्यक्षमा हर्क बहादुर कार्की, उपाध्यक्षमा मिना कार्की, सचिवमा देवराज खड्का चयन भएका छन्।
सदस्यहरुमा पशुपति कार्की, रामजी कार्की, खड्ग राई, किशोर राई, लोक बहादुर खड्का र सुरज नेपाली सर्वसहमति चयन हुनुभएको छ । यस्तै, तिङ्लामा पनि निर्वाचन तयारीको लागि कमिटी गठन गरिएको छ । यस कमिटीको अध्यक्षमा नारायण काजि कार्की, सचिवमा रिशीधन थुलुङ राई, र सदस्यमा दोर्जे शुसिल शेर्पा रहनुभएको छ । पार्टीले आगामी निर्वाचनमा आफ्नो संगठन सुदृढ पार्ने र स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ ।











Discussion about this post