Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चुनाव नजिकिँदै, सोलुखुम्बुमा विकास कि नेतृत्व : नागरिकको बहस चर्किदै

Radio Everest by Radio Everest
January 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३, सोलुखुम्बु । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते तोकिएसँगै सोलुखुम्बुमा राजनीतिक माहोल तातिँदै गएको छ । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा ‘विकास चाहियो कि नयाँ नेतृत्व ?’ भन्ने विषयमा नागरिकस्तरमा चर्को बहस सुरु भएको छ । एकातर्फ, केही नागरिकहरू अनुभवयुक्त र स्थापित नेतृत्व नै आवश्यक रहेको तर्क गर्छन् । उनीहरूका अनुसार केवल नयाँ पुस्ता हुनु मात्र पर्याप्त नभई देश र जिल्लाको जटिल राजनीतिक तथा विकासका चुनौती सम्हाल्न सक्ने क्षमता र अनुभव अनिवार्य छ ।

अर्काे पक्षले भने लामो समयदेखि अवसर पाएका पुराना नेताहरूको काम जनताले राम्ररी हेरिसकेको भन्दै अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने सुभन्द्रा राजभण्डारीले धारणा राख्नुभयो । पुराना सोच र शैलीबाट विकास सम्भव नभएकाले अब नयाँ ऊर्जा, नयाँ सोच र प्रविधिसँग अभ्यस्त पुस्ताले देश चलाउन सक्नु पर्ने निमा दोर्जी शेर्पाको भनाई छ । सोलुखुम्बुमा पछिल्लो समय विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषय प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन् ।

यिनै मुद्दालाई कसले प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ भन्ने आधारमा मतदाताले निर्णय गर्ने संकेत देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू पनि आफ्नो पक्षमा जनमत बनाउन सक्रिय भएका छन् । अनुभवी नेतृत्व र नयाँ पुस्ताबीचको यो बहसले सोलुखुम्बुको चुनावी माहोललाई थप रोचक बनाएको छ । अन्ततः विकासको अनुभूति गराउने अनुभवी नेतृत्व रोज्ने कि परिवर्तनको अपेक्षामा नयाँ पुस्तालाई अवसर दिने भन्ने निर्णय मतदाताकै हातमा रहने देखिन्छ ।

Previous Post

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सोलुद्वारा फागुन २१ को निर्वाचन बहिष्कारको घोषणा

Next Post

कांग्रेस नेता केसीले गरे प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly