Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कांग्रेस नेता केसीले गरे प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा

Radio Everest by Radio Everest
January 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सोलुखुम्बुबाट प्रत्यक्षतर्फ १ नम्बरमा सर्वसम्मत सिफारिस भए पनि केसीले आगामी निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट पार्नुभएको हो । फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेसँगै देशभरका राजनीतिक दलहरू चुनावी तयारीमा जुटिरहेका छन् ।

नेपालको पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिकतर्फको सूची बुझाइसकेको छ भने प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता यही माघ ६ गतेका लागि तय गरिएको छ । केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा बलबहादुर केसीको नाम १ नम्बरमा सर्वसम्मत सिफारिस गरेको थियो ।

प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालदेखि निरन्तर सोलुखुम्बुबाट प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा सहभागी हुँदै आएका केसीले हालसम्म ७ वटा चुनाव लड्दा ४ पटक विजय र ३ पटक पराजयको सामना गर्नुभएको छ । आफ्नो निर्णयबारे जानकारी गराउँदै नेता केसीले २०७९ सालको चुनावी अभियानका क्रममा नै “अब अर्को पटक चुनाव नलड्न पनि सक्छु” भन्ने अभिव्यक्ति दिएको स्मरण गर्नुभयो। सोही अनुसार यसपटक फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुगेको उहाँले बताउनुभयो ।

“म नेपाली कांग्रेसको एक इमानदार कार्यकर्ता हुँ,” केसीले भन्नुभयो, “चारतारे झण्डा र रुख चिन्ह जहाँ हुन्छ, म त्यहीँ हुन्छु। निर्वाचन आयोगको फैसलाअनुसारको आधिकारिक समितिलाई स्वीकार गर्दै पार्टीका उम्मेदवारलाई पूर्ण सहयोग गर्नेछु ।” उहाँले लोकतान्त्रिक व्यवस्थाको रक्षा, नेपाली कांग्रेसको संगठन निर्माण तथा विस्तार, सोलुखुम्बु जिल्लाको समग्र विकास निर्माण र सोलुवासीको समृद्धिका लागि आफू सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“दाजुभाइ दिदीबहिनीहरूको सुख–दुःखमा सदैव साथमा रहने प्रण गर्दछु,” उहाँले भन्नुभयो । केसीले चुनाव नलड्ने घोषणा गरेसँगै सोलुखुम्बुमा नयाँ उम्मेदवारका लागि मार्गप्रशस्त भएको छ। केसीपछि कांग्रेसको तर्फबाट आङगेलु शेर्पा, विनोद बस्नेत र प्रकाशसिंह कार्की मुख्य दाबेदारका रूपमा देखिनुभएको छ। जिल्लामा व्यक्तिगत मत प्रभाव राम्रो रहेको केसीले अन्ततः कुन उम्मेदवारलाई खुलेर समर्थन गर्नुहुन्छ भन्ने कुराले चुनावी परिणाममा अर्थ राख्ने कांग्रेस सोलुखुम्बुका नेताहरूको बुझाइ रहेको छ ।

Previous Post

चुनाव नजिकिँदै, सोलुखुम्बुमा विकास कि नेतृत्व : नागरिकको बहस चर्किदै

Next Post

सोलुखुम्बुमा कल्पना राईलाई एमालेको टिकट

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
Next Post
सोलुखुम्बुमा कल्पना राईलाई एमालेको टिकट

सोलुखुम्बुमा कल्पना राईलाई एमालेको टिकट

Discussion about this post

Everest Highlights

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly