माघ ४, सोलुखुम्बु । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवारहरूलाई अन्तिम रूपमा अनुमोदन गरेको हो । सोही निर्णयअनुसार सोलुखुम्बुबाट नेकपा एमालेकी जिल्ला सचिव कल्पना राईलाई प्रतिनिधि सभा सदस्यको टिकट दिइएको छ । राई यसअघि सोलुदूधकुण्ड नगरपालिकाको उपमेयरसमेत रहिसकेकी छन्। ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा यसअघि निवर्तमान रक्षामन्त्री तथा एमाले केन्द्रीय सदस्य मानवीर राई निर्वाचित भएका थिए । यसपटक पार्टीले नयाँ उम्मेदवारका रूपमा कल्पना राईलाई अघि सारेको हो । पार्टी नेतृत्वले संगठनात्मक अनुभव, स्थानीय तहमा गरेको काम र पार्टीप्रतिको योगदानलाई आधार मानेर उम्मेदवार चयन गरिएको जनाएको छ । उम्मेदवारी घोषणापछि सोलुखुम्बुमा एमालेको चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ ।











Discussion about this post