माघ ४, सोलुखुम्बु । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सोलुखुम्बुमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफल गर्नुभएको छ । आईतबार आयोजित छलफल कार्यक्रममा निर्वाचनलाई सभ्य, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गराउने उद्देश्यले राजनितिक दलका प्रतिनिधिहरुसँग विस्तृत छलफल गरिएको हो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेलले निर्वाचन आचारसंहिताको पालना सबै पक्षका लागि अनिवार्य रहेको उल्लेख गर्दै निष्पक्ष निर्वाचनका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । छलफलका क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै विगतका निर्वाचनका समयमा जिल्लामा घुसपैठ हुने गरेको अनुभव उल्लेख गर्दै यसपटक त्यस्ता गतिविधि हुन नदिन कडाइका साथ निगरानी गर्न निर्वाचन अधिकारीहरूलाई आग्रह गरिएको छ । उक्त छलफल कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र राज अधिकारी, तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी, पत्रकार लागयतको उपस्थिती रहेको थियो ।











Discussion about this post