माघ ५, सोलुखुम्बु । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सोलुखुम्बु शाखाले नेचासल्यान गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, सामुदायिक कल्याण तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै लुम्बिनी वल्ड पिस फोरमको आयोजनामा तथा नेचासल्यान गाउँपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

विश्व स्नो दिवसको अवसर पारेर नेचासल्यान गाउँपालिकाका फुर्के पोखरी, चिसापानी डाँडा, आहाले डाँडा र गौरीटाप क्षेत्रमा वृक्षारोपण गरिएको हो । यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कम्पनीले स्थापना भएको आठौँ वर्ष पूरा गरेको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर ८,००० बिरुवा रोप्ने लक्ष्य लिएको छ । सोही अभियानअन्तर्गत विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भइसकेको र सोलुखुम्बुमा मात्र २५० बिरुवा रोपिएको जानकारी दिइएको छ ।

कार्यक्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलु शाखा प्रमुख मनकुमारी बास्तोला, ओखलढुंगा शाखा प्रमुख भीमबहादुर खत्री, लुम्बिनी वल्ड पिस फोरमका संस्थापक बासु गौतम, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, विभिन्न वडाका वडा अध्यक्षहरू लगायत स्थानीय सरोकारवाला तथा कृषकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए ।












Discussion about this post