माघ ९, सोलुखुम्बु । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक निर्वाचन प्रहरीको संख्या अपुग भएपछि सोलुखुम्बुमा पुनः निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापनअनुसार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु अन्तर्गत निर्वाचन प्रहरीका लागि पर्याप्त दरखास्त नपरेको भन्दै पुनः दरखास्त आह्वान गरिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माघ ११ गतेसम्म दरखास्त दिन सकिने छ।
इच्छुक उम्मेदवारहरूले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, इलाका प्रहरी कार्यालय नाम्चे, नेचा र सोताङ तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म, हे.क्वा सोलुखुम्बुमा पुगेर दरखास्त दिन सक्नेछन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षीत रुपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहने भएकाले योग्य तथा इच्छुक नागरिकलाई सहभागिताका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।












Discussion about this post