माघ ९, सोलुखुम्बु । उदयपुरको ताप्ली–३, ईनामे निवासी समाजसेवी गौर सिंह राई र उहाँकी श्रीमती कृतिमाया राई ले शुक्रबार सरस्वती पुजा तथा वसन्त पञ्चमी को अवसरमा ममतामयी आमाहरु स्व.लछीमाया राई र नरमाया राई (सासु) को सम्झनामा श्री मावि झिल्केपोखरी लाई माता सरस्वतीको मुर्ति प्रदान गर्नुभएको छ ।
श्री मावि झिल्केपोखरीले सरस्वतीको मन्दिर निर्माण गर्दै आएको थियो र सोही क्रममा करिब ३६ हजार रुपैयाँ बराबरको लागतमा मुर्ति निर्माण गरी विद्यालयलाई सहयोग तथा हस्तान्तरण गरिएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो ।
उक्त अवसरमा सोही वडाका वडाध्यक्ष रंगमान तामाङ, विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष एक बहादुर मल्ल, प्रधानाध्यापक गोबिन्द कुमार खड्का लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरूले समाजसेवी दम्पतीलाई सम्मान गरेका थिए ।











Discussion about this post