माघ १०, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आगामी फागुन ९ गते सोलुखुम्बुको सदरमुकाम सल्लेरी आउने कार्यक्रम तय भएको छ । सो अवसरमा उहाँले सल्लेरीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले सोलुखुम्बुमा चुनावी गतिविधि तीव्र बनाएको छ ।
पार्टीका तर्फबाट ऋषिधन राई उम्मेदवार रहेका छन् । (रास्वपा) का वरिष्ठ नेता शाह हाल चुनावी अभियान अन्तर्गत विभिन्न जिल्लामा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहनु भएको छ । पार्टीका स्थानीय नेताहरूका अनुसार बालेनको सल्लेरी आगमनले सोलुखुम्बुमा रास्वपाको अभियानलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ । सभामा सुशासन, पारदर्शिता, विकास र नयाँ राजनीतिक संस्कृतिका विषयमा धारणा राखिने तयारी छ ।










Discussion about this post