माघ ११, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आगामी निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले आइतबार निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी लिला के.सी. पाण्डेको अध्यक्षतामा तथा जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था, प्रचार–प्रसारका मापदण्ड, सुरक्षा व्यवस्था तथा सरोकारवालाबीच आवश्यक समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो। निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउने विषयमा सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरूले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।










Discussion about this post