माघ १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २८० वटा मतपेटिका तयारी अवस्थामा राखिएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार विगतका वर्षहरूमा प्रयोगमा आएका मतपेटिकाहरूलाई आवश्यक मर्मत तथा व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको हो ।
सूचना अधिकारी घिमिरेका अनुसार समानुपातिक तर्फ १३९ वटा र प्रत्यक्ष तर्फ १३९ वटा मतपेटिका रहेका छन् । यसका अतिरिक्त अस्थायी मतदान केन्द्रका लागि २ वटा मतपेटिका समेत गरी कुल २८० वटा मतपेटिका तयारी अवस्थामा रहेका छन् । जिल्लाभर १२४ वटा मतदान स्थल र १३९ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगामी निर्वाचनका लागि जिल्लामा कुल ८५ हजार ५ सय १५ जना मतदाता कायम गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ ।










Discussion about this post