सोलुखुम्बु, माघ १४ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा पशुपन्छी रोग नियन्त्रणका लागि पिपिआर तथा क्लासिकल स्वाइन फिभरविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका पशु शाखाको सहकार्य र निजी पाराभेटको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग र सुंगुर तथा बंगुरमा लाग्ने क्लासिकल स्वाइन फिभर रोगको रोकथामका लागि नगरपालिकाका विभिन्न वडामा निःशुल्क खोप सेवा प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख भिमलाल तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार माघ १४ देखि १६ गतेसम्म वडा नम्बर ४ मा, माघ १७ र १८ गते वडा नम्बर ३ मा, माघ १९ र २० गते वडा नम्बर ५ (सल्लेरी) मा, माघ २१ र २२ गते वडा नम्बर ६ मा, माघ २३ र २४ गते वडा नम्बर ७ मा, माघ २५ र २६ गते वडा नम्बर ८ मा, माघ २७ र २८ गते वडा नम्बर ९ मा, माघ २९ र फागुन १ गते वडा नम्बर १० मा खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी फागुन २ र ४ गते वडा नम्बर ११ मा, फागुन ५ र ६ गते वडा नम्बर २ मा तथा फागुन ७ देखि १० गतेसम्म वडा नम्बर १ मा खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रमबाट पशुपालक कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाई छ ।











Discussion about this post