माघ १६, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाका अनुसार प्रतियोगिता वडा नम्बर २ स्थित जालपा माध्यमिक विद्यालय, बादेलमा सञ्चालन भइरहेको छ ।

माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा २८ विधाका खेलहरू समावेश गरिएको शिक्षा शाखा अधिकृत निरकुमार बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्रका महिला र पुरुषतर्फ गरी ८–८ वटा विद्यालयको सहभागिता रहेको छ ।

खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास गर्नुका साथै अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहको पहलमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।












Discussion about this post