माघ १६, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा कुल २० हजार ७ सय ६० जना मतदाता दर्ता भएका छन् ।
जिल्लामा सबैभन्दा कम मतदाता भने लिखुपिके गाउँपालिकामा रहेका छन्, जहाँ ५ हजार २ सय ६२ जना मतदाता छन् । निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार नेचासल्यान गाउँपालिकामा १० हजार ९ सय ३२ जना, थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार ९ सय ९८ जना र सोताङ गाउँपालिकामा ७ हजार २ सय ९५ जना मतदाता रहेका छन् ।
त्यसैगरी महाकुलुङ गाउँपालिकामा ८ हजार १ सय ८९ जना, माप्य दुधकोशी गाउँपालिकामा १० हजार ९ सय ४३ जना तथा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ६ हजार १ सय ३३ जना मतदाता दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीलाई तिव्र पारेको जनाएको छ ।











Discussion about this post