माघ १६, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कुल र रातो बङ्गला फाउन्डेसन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी भएको छ । नगरपालिकाभित्र सञ्चालित २२ वटा आधारभूत तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कुल र फाउन्डेसनसँग तीन वर्षसम्म सहकार्य गर्ने समझदारी भएको हो ।
स्कुल र फाउन्डेसनले तीन वर्षसम्म एकजना अधिकृतस्तरको कर्मचारी, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षकका लागि विभिन्न चरणको तालिम उपलब्ध गराउने त्रिपक्षीय समझदारीपत्रमा उल्लेख छ । नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले जानकारी दिनुभयो ।
त्रिपक्षीय समझदारीअनुसार तीन वर्षको अवधिमा एक करोड २९ लाख ८२ हजार ८८० रुपैयाँको शैक्षिक कार्यक्रम सञ्चालन हुने उल्लेख छ । पहिलो वर्ष ७३ लाख ५४ हजार ९८०, दोस्रो वर्ष २६ लाख ९६ हजार ५२० र तेस्रो वर्ष २९ लाख ३१ लाख ३८० रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । शैक्षिक गुणस्तर सुधारमा साझेदारी गर्ने विषयमा नगरप्रमुख राई, रातो बङ्गला स्कुलका निर्देशक शान्ता दीक्षित र फाउन्डेसनका टोलीप्रमुख एलिना रञ्जितले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।











Discussion about this post