माघ १६, सोलुखुम्बु । सल्लेरी स्थित निकै पुरानो संस्थागत विद्यालय ह्वाइट हिल्सले सहिद दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले सहिद दिवसको अवसर पारेर शुक्रबार आर्ट एक्जिबिसन तथा लटरी ड्रको कार्यक्रम सम्पन्न गरेको हो । औपचारिक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीले निर्माण गरेका चित्रकला प्रदर्शनीका साथै केही समय अघि गरिएको चिट्ठाको सङ्कलनको नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
विद्यालयमा पठनपाठनका अलावा विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा अभ्यस्त गराउन सकिने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष सुब्बाले बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर हाल सम्म जिल्लाका अन्य विद्यालयको तुलनामा अग्रगामी अवस्थामा रहेको भन्दै हरेक दिवस तथा अवसरहरूमा विद्यालयले यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरूको आयोजना गर्दै आएको उल्लेख गर्नुभएको छ ।
आजै विद्यालयले भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्दै १ सय ३ जनालाई उपहार समेत प्रदान गरेको छ । काटिएका २ हजार बढी चिट्ठाहरु मध्यबाट भाग्यशाली १ सय ३ बिजेताहरूलाई विभिन्न खाले उपहार वितरण गरिएको हो । त्यस मध्ये करिव १५ हजार पर्ने खसी एक जना भाग्यशाली विजेताले प्राप्त गरेका छन् । विद्यालयले प्रथम उपहार खसि, द्वितीय उपहार साउण्ड सिस्टम र तृतीय उपहार हिटर राखेको थियो ।










Discussion about this post