माघ १७, सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुकी प्रतिनिधि सभा उम्मेदवार कल्पना राईले जिल्लाका आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उम्मेदवार राईले सोलुखुम्बुको सन्दर्भमा संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधि सभा उम्मेदवारका रूपमा आफू उभिएको उल्लेख गर्दै यसलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताउनुभयो ।











Discussion about this post