माघ १७, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको प्रत्यक्ष तर्फको उम्मेदवार प्रकाशसिंह कार्कीले कन्यादान र मतदान गर्दा होस पु¥याउन जिल्ला बासिलाई अपिल गर्नु भएको छ । राजधानी काठमाण्डौमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस उम्मेदवार कार्कीले अहिले विषम परिस्थितमा निर्वाचन हुन लागेको भन्दै सुझबुझ पूर्ण मतादन गरेर काँग्रेसलाई जिताउन अपिल गर्नु भयो ।
वहाँले जेनजी आन्दोलन पनि काँग्रेस पूर्ण रुपमा रुपान्तरित भएको भन्दै आफु नै जेन्जिको माग पूरा गर्ने उम्मेदवार भएको बताउनु भयो । कार्यक्रममा काँग्रेस नेता बलबहादुर केसी, रामहरी खतिवडा लगायतले संबोधन गर्नु भएको थियो । अहिले काँग्रेसले काठमाण्डौँ केन्द्रित भेटघाट अभियान गरिरहेको छ ।











Discussion about this post