माघ १७, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुका उम्मेदवार असिम राईले आफुले सोलुखुम्बुको शिर विश्व माझ उच्चो पार्न प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताउनु भएको छ । पार्टीको सोलु काठमाण्डौ सम्पर्क कमिटिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले आफु सँग २ कार्यकाल स्थानीय सरकारको कुशल नेतृत्व गरेको अनुभव रहेको भन्दै आगामि चुनाव जितेर सोलुखुम्बुको मुद्दालाई विश्वब्यापि गर्ने दाबी गर्नु भयो ।
उम्मेदवार राईले सगरमाथाको क्षेत्रमा काठमाण्डौबाट द्रुत सडक मार्ग, जलबायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, सडक, शिक्षा र स्वास्थ्य आफ्नो प्राथमिक्तामा रहेको भन्दै हिमाल र जलविद्युतको रोयल्टी जिल्लामा धेरै ल्याउन निति बनाउने धारणा राख्नु भयो । पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्रि प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रचण्डले असिम राईलाई सोलुका जनताले जिताएर पठाए आफुले उच्च स्थान दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । जिल्ला ईन्चार्ज तथा पुर्व माननीय हेमकुमार राई सुरविर लगायतका नेताहरुले चुनावी मन्तब्य राख्नु भयो थियो ।










Discussion about this post