माघ १८, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुको चुनाव केन्द्रित बैठक डाकिएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वारलाई जिताउन रणनीतिक बैठक डाकिएको हो । जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले एक सूचना मार्फत आगामी माघ २० गते मंगलबार विपी स्मृति भवन सल्लेरीमा बैठक बस्नेगरी आह्वान गरिएको छ । बैठकमा पार्टीसँग सम्बद्ध सबै पक्षहरूलाई आमन्त्रण गरिएको छ ।
सूचना मार्फत शेर्पाले जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य, केन्द्रिय सदस्यहरू, पूर्व केन्द्रिय सदस्यहरू, महाधिवेशन प्रतिनिधितर्फ, प्रदेश कार्य समितिका सदस्यहरू, प्रदेश सभा सदस्य, समन्वय समितिका प्रमुख एवं सदस्यहरू, पुर्व सभापतिहरू, प्रदेश माननीय एवं समानुपातिक उम्मेद्वार, प्रदेश क्षेत्रका सभापति लगायतलाई बैठकमा आह्वान गरिएको छ । जिल्लाबाट नेपाली काङ्ग्रेसका प्रकाशसिंह कार्की प्रतिनिधि सभाको उम्मेद्वार हुनुहुन्छ भने समानुपातिक तर्फबाट रिना उप्रेती केसी र गीता गुरुङ बन्द सूचीमा पर्नुभएको छ ।










Discussion about this post