माघ १८, सोलुखुम्बु । काठमाडौँदेखि सोलुखुम्बुको सोताङ, महाकुलुङ क्षेत्रका लागि नयाँ भाडादर आजदेखि लागू भएको छ । कोशी पारीका यातायात व्यवसायीहरूको लामो छलफलपछि जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादर कायम राख्दै थपघट नगरी लागू गर्ने निर्णय गरेको छ ।
सुपर महाकुलुङ यातायात प्रा.लि.का अध्यक्ष युवकाजी कुलुङका अनुसार, नयाँ भाडादरअनुसार काठमाडौँदेखि सोताङका लागि २८ सय रुपैयाँ, काठमाडौँदेखि बुङका लागि ३ हजार रुपैयाँ, काठमाडौँदेखि छेस्का ३ हजार ३ सय रुपैयाँ र काठमाडौँदेखि गुदेलसम्म ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यातायात व्यवसायीहरूले यात्रु सुविधा सुनिश्चित गर्दै भाडादरलाई नियमित गर्ने र अनावश्यक विवादबाट बच्ने उद्देश्यका साथ यो निर्णय गरिएको बताउनुभयो ।











Discussion about this post