Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

Radio Everest by Radio Everest
February 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, साेलुखुम्बु ।  एक महिना अवधिमा चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले थातथलो छोड्न थालेका छन् । उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका छन् । भदौरेको बोहोरे टोलमा एक साता अघि ८१ वर्षीया चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको अज्ञात समूहले विभत्स हत्या भएको थियो ।

घटनामा संलग्न हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यसैगरी एक महिना अघि सोही गाउँमा ६० वर्षीय सोभितमान थापामगर र उनकी श्रीमतीको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । लगातारका हत्या, लुटपाट र हिंसाका घटनापछि गाउँलेहरूले भेला भएर शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको र राज्यको कमजोरीकै कारण अपराधीहरूको मनोबल बढ्दै जाँदा सर्वसाधारण नागरिक भय, त्रास र मानसिक तनावमा बाँच्न बाध्य भएको ठहर गरेको छ ।

भेलाले पीडित परिवारलाई न्याय दिलाउने, नागरिक सुरक्षाका सवालमा राज्यलाई दबाब दिने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने भन्दै कार्कीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ । भेलाले जघन्य अपराधको प्रकृति, अपराधको पृष्ठभूमि र समाजमा परेको गम्भीर प्रभावलाई ध्यानमा राख्दै दुर्लभ र क्रूर अपराधमा मृत्युदण्डको व्यवस्था गरिनुपर्ने मागसमेत अघि सारेको छ ।

यसका लागि संघीय संसदमार्फत कानुन संशोधन गर्न नेपाल सरकारसँग माग गरेको छ । राज्यले अपराधीलाई कानुनी दायरामा ल्याई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित नगरेसम्म तथा आफ्ना मागहरू सम्बोधन नभएसम्म आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय समेत गरेको संघर्ष समिति संयोजक कार्कीले जानकारी दिए । यस्तै व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस तथा भेला आयोजना नगर्न सबै दलहरूलाई आग्रह गर्दै त्यस्ता कार्यक्रममा सहभागी नहुने निर्णय पनि भेलाले गरेको छ ।

भेलाले तत्काल लागु गर्नुपर्ने अल्पकालीन सुरक्षा व्यवस्थापनका लागि राज्यसमक्ष विभिन्न माग अघि सारेको छ । हत्या घटनामा संलग्न हत्याराहरूलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको सजाय सुनिश्चित गर्नुपर्ने, दोषीहरू कानुनी दायरामा नआउँदासम्म अस्थायी क्याम्प वा पोष्ट स्थापना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक परे नेपाली सेनाको संयुक्त टोली परिचालन गर्नुपर्ने माग गरिएको छ ।

Previous Post

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

Next Post

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

Related Posts

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
0
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
0
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
0
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

सोलुको लाइफलाइन साल्मे पुल नजिक पहिरो, सडक अवरुद्ध

September 25, 2026
Landslide

अविरल वर्षातको प्रभाव ः हाल सम्म सोलुमा ७ घर पाहिरोको जोखिममा

September 25, 2026
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly