माघ २७, सोलुखुम्बु । काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार ८ जना घाइतेको उद्दार गरि उपचार भइरहेको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।










Discussion about this post