Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

Radio Everest by Radio Everest
February 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा राष्ट्रिय एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालनका लागि जिल्ला खोप समन्वय समितिको बैठक बसेको छ। बिहीबार स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा सम्पन्न बैठकमा एचपीभी खोप र अभियानबारे सरोकारवालाहरूलाई जानकारी गराइएको थियो। जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चौलागाईले आफू बुधबार मात्रै जिल्लामा सरुवा भएर आएकाले पूर्वतयारीका कार्यक्रम समयमै सञ्चालन गर्न नसकिएको भन्दै क्षमायाचना गर्नुभयो। माघ २८ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत जिल्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १ हजार ४९ जना किशोरीलाई एचपीभी विरुद्धको खोप लगाइने भएको छ। जिल्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तहमा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रमुख चौलागाईका अनुसार गत वर्ष देशभर १० देखि १४ वर्ष उमेर समूहका (कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका) किशोरीहरूलाई अभियानमार्फत खोप दिइएको थियो। चालु आर्थिक वर्षमा भने कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत वर्ष खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरिएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा विद्यालयमार्फत ४ हजार ६ सय ३३ जना र विद्यालय बाहिरका ६ सय ८९ जना गरी कुल ५ हजार ३ सय २२ जनालाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। बैठकले पालिका र वडा तहमा खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने, शिक्षा क्षेत्रको भूमिका सुदृढ बनाउन सबै स्थानीय तह र विद्यालयमा पत्राचार गर्ने तथा खोप समन्वय समितिमार्फत आवश्यक समन्वय गर्ने निर्णय गरेको छ।

पूर्ण खोप सुनिश्चितताको अवस्थाबारे पनि समीक्षा गरिएको जनाइएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम नारायण शाहका अनुसार नेचासल्यान गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा माघ २८ गतेदेखि फागुन १ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। सोताङ, महाकुलुङ, लिखुपिके, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकामा फागुन ४ र ५ गते खोप दिइनेछ भने खुम्बु पासाङल्हामु गाउँपालिकामा फागुन २७ गते खोप कार्यक्रम तय गरिएको छ।

नेपाल सरकारले देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्ने घोषणा गरेसँगै सोलुखुम्बुमा पनि किशोरी लक्षित एचपीभी खोप अभियान अघि बढाइएको हो। खोप विद्यालय तथा तोकिएका खोप केन्द्रमार्फत प्रदान गरिनेछ। अभियान सफल बनाउन महिला स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

Previous Post

हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुमा, चुनावमा असर नपर्ने प्रजिअको विफ्रीङ

Next Post

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly