माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा एमाले र माओवादी परित्याग गरी ११ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार गाउँपालिकामा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा कांग्रेसप्रति समर्थन जनाउँदै उनीहरूले पार्टी परित्याग गरेका हुन्।
पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेमा याङडु शेर्पा, गोपाल घिमिरे, अनिता घिमिरे, ओङछु शेर्पा, रिन्जी लामा शेर्पा, श्री बहादुर वि.क., देण्डी शेर्पा, डोमा शेर्पा र साङ्गे ठिले शेर्पा लगायत रहेका छन् । यस्तै पेम्बा शेर्पा र सोनाम लामा शेर्पा रहेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका स्थानीय नेताहरूले स्वागत गरेका थिए।
उनीहरूले देशको वर्तमान राजनीतिक अवस्था र विकास निर्माणका सवालमा कांग्रेसको भूमिका प्रभावकारी रहेको भन्दै पार्टी रोजेको बताएका छन् । यसैबीच, नेपाली कांग्रेस सोलुखुम्बुका उम्मेद्वार प्रकाश सिंह कार्की यतिबेला लिखु पिकेका विभिन्न गाउँबस्तीमा घरदैलो अभियानमा सक्रिय रहनुभएको छ। उहाँले स्थानीय नागरिकसँग भेटघाट गर्दै विकास, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।











Discussion about this post