फागनु १, सोलुखुम्बु । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१३ नुनथलाका ५४ वर्षीय राईले शुक्रबार बिहान साढे ४ बजेको समयमा आफूले आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पेटमा छुरा प्रहार गरेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । दिक्तेलमा उपचार सम्भव नभएपछि शुक्रबार दिउँसो १२ बजे हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । पेटबाट आन्द्रा नै बाहिर निस्किएको, अत्यधिक रगत बगेको कारण काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलको प्रमुख डाक्टर अमिताब ठाकुरले बताउनुभयो ।










Discussion about this post