फागुन ७, सोलुखुम्बु । भोजपुरको रामप्रसादराई गाउँपालिकाले विद्यार्थीहरूका लागी ४५ दिने लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले गत फागुन २ गते देखी लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।
राज्यको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा समान पहुँच स्थापित गर्नका लागी यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आयोजना गरेको कक्षामा खरिदार, सुब्बा, शिक्षक सेवा आयोगका प्रावि तथा निमावि तहका कक्षाहरू सञ्चालन भइरहेको गाउँपालिकाका लेखा अधिकृत इन्द्र घिमिरेले बताउनुभयो ।
लोकसेवा सारथीको सहजिकरणमा कक्षाहरू नि : शुल्क रुपमा सञ्चालन भइरहेको लेखा अधिकृत घिमिरेको भनाई छ । बैदेशीक रोजगारी तर्फको आकर्षण बढिरहेको बेला युवा शक्तिलाई देशको सेवामा प्रेरित गर्न कक्षाले सहयोग गर्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो ।
युवाहरूको रोजगारी र सिप केन्द्रित भएर गाउँपालिकाले नियमित रूपमा विभिन्न खाले कार्यक्रमको आयोजना गरिरहेको अध्यक्ष राईको भनाई छ । तयारी कक्षा भोजपुर सदरमुकाममा रहेको भोजपुर बहुमुखि क्याम्पसमा सञ्चालन भइरहेको छ ।










Discussion about this post