फागुन ७, सोलुखुम्बु । जेसीविले चलाएको ढुंगा खसेर खोटाङमा एक बृद्धको ज्यान गएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ मा सडक खन्दै गरेको जेसीविले निकालेको ढुंगा खस्दा ७१ वर्षिय बल बहादुर राईको ज्यान गएको हो । वडा नम्बर ३ को दाल्फु स्थीत भित्री सडक मर्मत गर्ने क्रममा खसेको ढुंगाले करिव ४ सय मिटर तल वडा नम्बर १ मा रहेका बृद्ध राईको टाउकोमा लागेको थियो ।
घटना पछि च्यास्मिटार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चालक २६ वर्षिय कवल मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । चालक उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर २ लेगगाउँ बस्ने भन्ने जानकारी प्राप्त भएको छ भने जेसीवि धनी टेक बहादुर राई भएको बुझिएको छ ।










Discussion about this post