फागुन ८, सोलुखुम्बु । सोलु हाइड्रो पावर लिमिटेडले प्रभावित आयोजना प्रभावित किसानका लागी ल्याएको जिविकोपार्जन पुनरुत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आयोजना प्रभावित क्षेत्रका किसानको लागी भनेर सञ्चालन गरिएको कार्यक्रमबाट विभिन्न कृषीजन्य तालिमहरु सञ्चालनपछि यहाँका किसान उत्पादन तर्फ अघि बढ्दै बजार सम्म पुग्न थालेका छन् ।
कार्यक्रम मार्फत किसानले विभिन्न तालिम लिएका थिए भने उत्पादनका लागी आयोजनाले कृषि सामाग्रीहरुमा सहयोग समेत गर्दै आएको छ । हाइड्रो यहाँका किसानहरुलाई तरकारी जन्य उत्पादनहरु च्याउ खेती, टमाटर खेती लगायत विभिन्न तरकारी खेतीको तालिम प्रदान गरेको थियो । यस्तै किवि खेती, केही समय अघि पशुपालन सँग सम्बन्धीत तालीमहरु समेत प्रादन गरिएको जिविकोपार्जन पुनरुत्थान कार्यक्रमका व्ब्यवस्थापक सुदिप घिमिरेले बताउनुभयो ।
आयोजनाले यस कार्यक्रम अन्तर्गत किसानहरुको उत्पादनका लागी तालिम देखी उत्पादनको स्याहार र बजार व्यवस्थापन स्म्म सहयोग गर्दै आएको उहाँको भनाई छ । उत्पादित सामाग्रीहरुको बजार ब्यवस्थापनका लागी आयोजनाले ढुवानी सेवा समेत उपलब्ध गराउँदा आएको उहाँको भनाई छ । कम्पनीले उपलब्ध गराएको ढुवानी सेवाबाट किसानले उत्पादनहरु नजिकैका बजार रमिते, सल्लेरी लगायत सम्म पु¥याएर विक्रि गर्ने गरेका छन् । हाइड्रोले सञ्चालन गरेको यस कार्यक्रममा तिङ्ला वडाका करिव १ सय ५० घरधुरी आवद्ध रहेको जनाइएको छ ।











Discussion about this post