Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

“बालबालिकाको सर्वाङ्गीण विकासमा लगानी, समुदायको सहभागितामा आवासीय विद्यालयको थालनी”

Radio Everest by Radio Everest
February 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ । खोटाङ जिल्लाको रावाबेसीँ गाउँपालिका–१ कुभिण्डे दम्कुस्थित कालिका आधारभूत विद्यालयले आवासमा बस्ने ४० जना विद्यार्थी तथा इच्छुक अन्य विद्यार्थीहरूका लागि दुई दिने सीपमूलक तालिम सम्पन्न गरेको छ । व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै बुधबार र बिहीबारको सार्वजनिक विदामा विद्यालयकै आयोजनामा डोको, महला, गुन्द्री र पिरा निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको हो । विद्यालयले परम्परागत सीपसँगै आधुनिक शिक्षालाई समेट्दै विशेष प्रकारको आवासीय अभ्यास अघि बढाएको हो ।

दैनिक बिहान ५ देखि ६ बजेसम्म विद्यार्थीहरूले करेसाबारी र ग्रीनहाउसमा एक घण्टा श्रमदान गर्छन् । त्यसपछि खाजा–नास्तापछि अंग्रेजी, गणित र विज्ञान विषयको ट्युशन कक्षा सञ्चालन हुन्छ । नियमित पठनपाठन भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्ने गरेको छ । आवासीय व्यवस्थाअन्तर्गत विद्यार्थीहरूले आत्मनिर्भरता सिकिरहेका छन् । खाना खाइसकेपछि आफ्नै थाल आफैं धुने र आफ्ना लुगा आफैं धुने अभ्यास गराइन्छ । नसक्ने विद्यार्थीहरूका लागि विद्यालयले छुट्टै सहयोगीको व्यवस्था पनि गरेको छ । विद्यालय समय सकिएपछि साँझ नृत्य तथा कला (आट्र्स) सम्बन्धी अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गरेको छ ।

“बालबालिकाको सर्वाङ्गीण विकासमा लगानी, समुदायको सहभागितामा आवासीय विद्यालयको थालनी” भन्ने नारासहित अघि बढिरहेको यस विद्यालयमा आवास सञ्चालनअघि जम्मा ४० विद्यार्थी मात्र थिए । हाल विद्यार्थी संख्या बढेर ६७ पुगेको छ । नयाँ थपिएका २७ विद्यार्थीमध्ये खोटाङका केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीँ गाउँपालिकाका साथै अन्य जिल्ला इलाम र सोलुखुम्बुका समेत यस विद्यालयमा विद्यार्थी अध्ययनरत छन् । गाउँघरबाट बढ्दो बसाइँसराइका कारण विद्यार्थी अभावको चुनौती खेपिरहेको अवस्थामा विद्यालयले आवासीय कार्यक्रममार्फत नयाँ विकल्प सिर्जना गरेको प्रधानाध्यापक टिकाराम राईले बताउनुभयो ।

आवास सञ्चालनका लागि रावाबेसीँ गाउँपालिकाले १ सय मुरी धान उपलब्ध गराएको छ । विद्यार्थीलाई दैनिक रूपमा अर्गानिक खाना फरक–फरक मेनुसहित खुवाइने गरिएको छ । नेपाल सरकारले तोकेको सार्वजनिक बिदामध्ये विद्यालयले तोकिएको विदाको आदिमात्र बिदा दिई बाँकी समय व्यावहारिक शिक्षामा केन्द्रित गरेको छ । आवासीय व्यवस्थापन विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ । कालिका आधारभूत विद्यालयले सामुदायिक सहकार्य, व्यवहारिक शिक्षा र आत्मनिर्भर अभ्यासलाई जोड्दै ग्रामीण क्षेत्रमै गुणस्तरीय आवासीय शिक्षाको नमूना प्रस्तुत गरेको छ । विद्यार्थी अभावको चुनौतीलाई अवसरमा बदल्दै विद्यालयले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको देखिन्छ ।

Previous Post

सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

Next Post

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly