Sunday, November 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

“बालबालिकाको सर्वाङ्गीण विकासमा लगानी, समुदायको सहभागितामा आवासीय विद्यालयको थालनी”

Radio Everest by Radio Everest
February 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ । खोटाङ जिल्लाको रावाबेसीँ गाउँपालिका–१ कुभिण्डे दम्कुस्थित कालिका आधारभूत विद्यालयले आवासमा बस्ने ४० जना विद्यार्थी तथा इच्छुक अन्य विद्यार्थीहरूका लागि दुई दिने सीपमूलक तालिम सम्पन्न गरेको छ । व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै बुधबार र बिहीबारको सार्वजनिक विदामा विद्यालयकै आयोजनामा डोको, महला, गुन्द्री र पिरा निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको हो । विद्यालयले परम्परागत सीपसँगै आधुनिक शिक्षालाई समेट्दै विशेष प्रकारको आवासीय अभ्यास अघि बढाएको हो ।

दैनिक बिहान ५ देखि ६ बजेसम्म विद्यार्थीहरूले करेसाबारी र ग्रीनहाउसमा एक घण्टा श्रमदान गर्छन् । त्यसपछि खाजा–नास्तापछि अंग्रेजी, गणित र विज्ञान विषयको ट्युशन कक्षा सञ्चालन हुन्छ । नियमित पठनपाठन भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्ने गरेको छ । आवासीय व्यवस्थाअन्तर्गत विद्यार्थीहरूले आत्मनिर्भरता सिकिरहेका छन् । खाना खाइसकेपछि आफ्नै थाल आफैं धुने र आफ्ना लुगा आफैं धुने अभ्यास गराइन्छ । नसक्ने विद्यार्थीहरूका लागि विद्यालयले छुट्टै सहयोगीको व्यवस्था पनि गरेको छ । विद्यालय समय सकिएपछि साँझ नृत्य तथा कला (आट्र्स) सम्बन्धी अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गरेको छ ।

“बालबालिकाको सर्वाङ्गीण विकासमा लगानी, समुदायको सहभागितामा आवासीय विद्यालयको थालनी” भन्ने नारासहित अघि बढिरहेको यस विद्यालयमा आवास सञ्चालनअघि जम्मा ४० विद्यार्थी मात्र थिए । हाल विद्यार्थी संख्या बढेर ६७ पुगेको छ । नयाँ थपिएका २७ विद्यार्थीमध्ये खोटाङका केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीँ गाउँपालिकाका साथै अन्य जिल्ला इलाम र सोलुखुम्बुका समेत यस विद्यालयमा विद्यार्थी अध्ययनरत छन् । गाउँघरबाट बढ्दो बसाइँसराइका कारण विद्यार्थी अभावको चुनौती खेपिरहेको अवस्थामा विद्यालयले आवासीय कार्यक्रममार्फत नयाँ विकल्प सिर्जना गरेको प्रधानाध्यापक टिकाराम राईले बताउनुभयो ।

आवास सञ्चालनका लागि रावाबेसीँ गाउँपालिकाले १ सय मुरी धान उपलब्ध गराएको छ । विद्यार्थीलाई दैनिक रूपमा अर्गानिक खाना फरक–फरक मेनुसहित खुवाइने गरिएको छ । नेपाल सरकारले तोकेको सार्वजनिक बिदामध्ये विद्यालयले तोकिएको विदाको आदिमात्र बिदा दिई बाँकी समय व्यावहारिक शिक्षामा केन्द्रित गरेको छ । आवासीय व्यवस्थापन विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ । कालिका आधारभूत विद्यालयले सामुदायिक सहकार्य, व्यवहारिक शिक्षा र आत्मनिर्भर अभ्यासलाई जोड्दै ग्रामीण क्षेत्रमै गुणस्तरीय आवासीय शिक्षाको नमूना प्रस्तुत गरेको छ । विद्यार्थी अभावको चुनौतीलाई अवसरमा बदल्दै विद्यालयले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको देखिन्छ ।

Previous Post

सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

Next Post

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

Related Posts

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
0
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
0
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
0
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
Next Post
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

Discussion about this post

Everest Highlights

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly