फागुन ११, खोटाङ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जनता समाजवादी पार्टी खोटाङको जिल्ला समितीनै समाहित भएको छ । स्थानीय तह निर्वाचन २०७४ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका निर्वाचीत वडा अध्यक्ष तथा जनता समाजवादी पार्टी खोटाङको अध्यक्ष सम्म बनेका निर्मल राई सहितको जिल्ला समिति समायोजन भएको हो ।
जसपाबाट समानुपातिक उम्मेद्वार रेणुका राई, सोही पार्टीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका वडा अध्यक्ष मुगाधन राई सहितको जिल्ला समितिनै श्रम संस्कृतिमा गएको हो । यस्तै नेपाली काङ्ग्रेस खोटाङका सङ्गठन विभाग प्रमुख विष्णुराज राई समेत श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । निर्मल राई सोही पार्टीको कोटाबाट भुमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष बन्नु भएको थियो । यता काङ्ग्रेसको सङ्गठन विभाग प्रमुख त्याग गरेर श्रम संस्कृति पार्टी अँगाल्नु भएका विष्णुराज राई समेत सोही भूमि सम्बन्धी समस्या समाधान आयोगको विज्ञ सदस्यमा काङ्ग्रेसको तर्फबाट नियुक्त हुनुभएको थियो ।
हाल राज्य सङ्कटमा रहेको बेला निकास दिन सक्ने पार्टी श्रम संस्कृति मात्रै भएको भन्दै आफुले पार्टी परित्याग गरि नयाँ बाटो रोजेको उहाँको भनाई छ । विष्णु राज राई काङ्ग्रेसमा लामो समय काम गरि विभिन्न पदीय जिम्मेवारी प्राप्त गरिसकेका व्यक्ति हुन भने २०७० सालको निर्वाचनमा काङ्ग्रेसबाट उम्मेद्वार बनेका हालका जिल्ला सभापति विष्णु कुमार राईको बागी उम्मेद्वार उठेर कारवाहीमा समेत पर्नुभएको थियो ।











Discussion about this post