जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ मा ३० वटा कुकुर र बिरालोलाई रेबिज विरुद्वको खोप लगाइएको छ । वडा कार्यालयको आयोजनामा आज पहिलो दिन आधारभूत स्वास्थ्य केन्द्र लुरा र वडा कार्यालय फाप्लुमा रहेका ३० वटा कुकुर तथा विरालोलाई रेबिज विरुद्वको खोप लगाइएको हो ।
रेबिज रोग रोकथामका लागि सामुदायीक तथा घरपालुवा कुकुरहरुलाई खोप लगाइएको सोलुदुधकुण्ड नगरपालिका पशु शाखा प्राविधि निरुता चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार ३ महिना उमेर पुरा भएका कुकुर विरालोलाई खोप लगाईएको हो । सोमबार छिनाक्पु दावा गेल्बु लामाको घरमा र जिको कर्नर स्कुल, मंगलकार तामाङ गुम्बा खोलाघारी र बुधबार सामुदायीक भवन सुर्केमा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।
Discussion about this post