Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

Radio Everest by Radio Everest
February 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १३, सोलुखुम्बु । क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी करोडौँ रुपैयाँ बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोयल होलिडेज एडभेन्चरका सञ्चालक सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह रहेका छन् । ब्यूरोले उनीहरूलाई क्रमशः फागुन १२ र १३ गते काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।

यो गिरोहले उच्च हिमाली क्षेत्रमा सामान्य बिरामी भएका वा बिरामी नै नभएका पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरेको नक्कली कागजात बनाएर अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट ठूलो रकम दाबी गर्ने गरेको पाइएको छ । अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यु सर्भिस, एभरेष्ट एक्सपिरियन्स एण्ड असिस्टेन्स जस्ता कम्पनीले सरकारी अभिलेख र विमानस्थलको प्यासेन्जर म्यानिफेस्ट नै किर्ते गरी नक्कली बिल तयार पार्ने गरेको खुलेको छ । काठमाडौँका विभिन्न अस्पतालसँगको मिलोमतोमा पर्यटक भर्ना भएको र उपचार गरिएको झुटा मेडिकल रिपोर्ट समेत बनाउने गरिएको ब्यूरोले जनाएको छ । यस प्रकारको संगठित ठगीले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको छवि नराम्रोसँग धमिलिएको छ ।

विदेशी सञ्चार माध्यमहरूले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीबाट हटाउनुपर्ने र सगरमाथाको फेदमा ठगी भइरहेको भन्दै समाचार सम्प्रेषण गरेपछि नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आएको प्रहरीको ठहर छ । यसैलाई मध्यनजर गर्दै प्रहरीले उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम ‘राष्ट्रहित प्रतिकूल काम गर्न नहुने’ कसूर र संगठित अपराध निवारण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

हालसम्म यो ठगी प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पतालका प्रतिनिधि र हेलिकप्टर कम्पनीका शेयरधनीसहित कुल ९ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका ५६ वर्षीय सिंह र २८ वर्षीय तिवारीलाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा राखिएको छ । पर्यटन क्षेत्रको यो ठूलो घोटालाका अन्य आरोपितहरूको पनि खोजी भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

Previous Post

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

Next Post

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly