फागुन १४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ सगरडाँडाँमा आयोजित बृहत् कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता प्रवेश गरेका छन् । कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै आएका कार्यकर्तालाई पार्टीका नेताहरूले खादा लगाएर स्वागत गरेका थिए ।
नवप्रवेशीहरूले देशमा स्थिर सरकार, विकास निर्माण र जनताका पक्षमा काम गर्ने प्रतिबद्धतासहित पार्टी रोजेको बताएका छन् । यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सोलुखुम्बु उम्मेद्वार असिम राई लगायत नेता–कार्यकर्ताहरू यतिबेला जिल्लाका विभिन्न गाउँबस्तीमा मतदातासँग भेटघाट तथा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा चुनावी सभामार्फत मतदातालाई पार्टीको नीति, कार्यक्रम र उम्मेद्वारको योजनाबारे जानकारी गराउने कार्य तीव्र पारिएको जनाइएको छ । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।












Discussion about this post