चैत्र ३, सोलुखुम्बु । उदयपुर जिल्लाको ताप्ली गाउँपालिकामा आएको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ। चैत्र २ गते साँझ चलेको हावाहुरीले विभिन्न घरका छाना उडाउनुका साथै विद्युत सेवा अवरुद्ध बनाएको छ। हावाहुरीका कारण गाउँपालिकाका विभिन्न स्थानमा रुखहरू ढलेका छन्, जसले सडकसमेत अवरुद्ध बनेको छ।
यातायात सेवा प्रभावित हुँदा स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भइरहेको छ। विद्युत सेवा अवरुद्ध भएपछि सरकारी कार्यालयहरूमा दैनिक कामकाज प्रभावित भएको छ। विशेषगरी विद्युतिय प्रणालीमार्फत हुने सेवाहरू ठप्प भएका छन्। सहकर्मी ठविन्द्र मगरका अनुसार, विद्युत अभावका कारण सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गर्न समस्या भइरहेको छ।










Discussion about this post