चैत्र ४, सोलुखुम्बु । खोटाङको केपीलासगढी गाउँपालिकामा हेलीकप्टर दुर्घटनामा परेको छ । गाउँपालिकाको वडा नम्बर २ बालाबेसी भन्ने स्थानमा शव र यात्रु लिएर आएको एअर डाइनास्टीको हेलीकप्टर दुर्घटनामा परेको हो । काठमाण्डौबाट शव सहित यात्रु लिएर वडा नम्बर २ खार्ताम्छाको बालाबेसी आएको हेलीकप्टर अवतरण गर्ने क्रममा अनीयन्त्रीत दुर्घटनामा परेको स्थानीय प्रकास राईले जानकारी दिनुभयो । दिउँसाेका करिव १२ बजेतिर बारीको गह्रामा ल्याण्डिङ गरि यात्रु र लास दुबै बाहिर निकालिसकिएको हेलीकप्टर कारणाबस अनीयन्त्रीत भएपछी कान्लामा ठोकिएर दुर्घटनाग्रस्त भएकाे उहाँको भनाई छ । उक्त हेलीकप्टरमा के कती सवार थिए भन्ने स्पष्ट जानकारी भएको नभएपनि एक जना गम्भीर घाइते भएको जानकारी आएको जनाइएको छ । घाइतेहरुको उद्धारका लागी अर्को हेलीकप्टर आइसकेको जानकारी प्राप्त भएको छ ।











Discussion about this post