चैत्र ५, सोलुखुम्बु । गत चैत्र २ गते आएको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्र भित्रका ५२ वटा घरका छाना उडाएको छ । छाना उडाइदिएपछि विचल्नीमा परेका घरका परिवारका लागी नगरपालिकाले षतीको प्कृति हेरेर जस्तापाता वितरण गर्ने र घर बनाइदिने प्रकृया समेत अघि सोरेको छ । हावाले घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो ।
२ चैतको साँझ आएको हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएको नगरपालिकाको तथ्यांक छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, वडा नम्बर २ डिकुवाका ४, वडा नम्बर ३ च्यास्मीटारका २८, वडा नम्बर ८ धितुङका ३ र वडा नम्बर ११ राजापानीका ५ घर परिवारलाई जस्ता प्रदान गरिने मेयर बिमला राईले जानकारी दिइन् । छानाको सिंगो पाटो उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य पीडितलाई नगरपालिकाले तत्काल जस्ता उपलब्ध गराउने तयारी थालेको हो । विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने नगरको योजना छ ।
थप राहत रकम चैत ९ गतेको हिउँदे सभामार्फत बजेट संशोधन गरेर जुटाइने मेयर राईले बताइन् । हावाहुरी पीडितलाई घरको साइज अनुसार जस्ता प्रदान गर्ने नगरपालिकाले जनाएको छ । हाललाई नगरपालिकाले ३१ परिवारलाई त्रिपाल बाँडेको छ । यस्तै, हावाहुरीले छाप्रो उडाइदिएपछि विचल्नीमा परेका तीन परिवारलाई नगरपालिकाले ढुंगामाटोको घर निर्माण गर्न सहयोग गर्ने मेयर राईले बताइन् । यसैवीच हावाहुरीले घर मात्रै नभएर सार्वजनकि सम्पत्तीमा समेत निकै ठुलाने क्षती पु¥याएको छ ।
नगरपालिका क्षेत्र भित्रका विदालयहरु बाहुनीडाँडास्थित मालिकादेबी मावि कदुवा, पञ्चावतीदेवी आवि बेता र बेलडाँडा आवि ढोडेनीको छाना उडाइदिएको छ । यस्तै, च्यास्मीटारस्थित नमुना आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयको छाना उडाइदिएको छ । राजापानीस्थित जलन्धारा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको पनि छाना छरपष्ट बनेको छ । बाहुनीडाँडाको बरडाँडा सामुदायिक खोपकेन्द्रमा समेत क्षति पुगेको वडाध्यक्ष रुद्र राईले बताए । हावाहुरीले सामुदायिक संस्था तथा मण्डलीहरुमा पनि क्षति पुगेको छ ।











Discussion about this post