चैत्र ५, सोलुखुम्बु । नेपाली काङग्रेस सोलुखुम्बुका नेता कर्ण बहादुर विश्वकर्माले पार्टी छाडेका छन् । लामो समय देखी पाटीको सकृय राजनीतिमा लागेका विस्वकर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्ला सभापति नाम्गेल जाङबु शेर्पालाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको घोषणाल गका हुन ।
उनि नेपाली काँग्रेस सोलुखुम्बुका संगठन विभाग सचिव तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष २ कार्यकाल बनेका नेता हुन । लामो समयदेखि सक्रिय राजनीतिमा रहेका विश्वकर्माले दलित समुदायको पक्षमा पार्टीले अपेक्षित काम गर्न नसकेको निश्कर्ष निकाल्दै आफ्नो पद, जिम्मेवारी र सदस्यता सबै त्यागेको घोषणा गरेका हुन् । जिल्ला कार्य समिति सोलुखुम्बुलाई सम्बोधन गर्दै लेखिएको पत्रमार्फत उनले विशेष परिस्थिति र कारणवश पार्टीमा रहन असमर्थ भएको स्पष्ट पारेका छन् ।
वि.सं. २०६४ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिएका विश्वकर्मा वि.स २०७० सालदेखि यता निरन्तर दुई कार्यकालसम्म नेपाल दलित संघको जिल्ला अध्यक्ष रहेका थिए । दलित अधिकारको मुद्दालाई पार्टीभित्रै उठाउँदै आएका उनले अन्ततः त्यही मुद्दामा निराश भएर पार्टी छाड्ने निर्णयमा पुगेका हुन् ।
पार्टीका जिल्ला सभापति तथा अन्य नेताहरूले निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि आफूले गम्भीर समिक्षापछि नै यस्तो निष्कर्ष निकालेको भन्दै विश्वकर्माले आफ्नो अडानबाट पछि नहट्ने दाबी गरेका छन् । विश्वकर्माले अब केही समय स्वतन्त्र नागरिकको रूपमा रहँदै सामाजिक र राजनीतिक खबरदारी गर्ने योजना रहेको बताएका छन् । यद्यपि, उनले लोकतान्त्रिक चरित्र र परिवर्तनमुखी एजेण्डा बोकेको नयाँ शक्तिसँग भविष्यमा आबद्ध हुने संकेत पनि गरेका छन् । सोलुखुम्बुमा दलित समुदायभित्र राम्रो प्रभाव बनाएका विश्वकर्माको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको छ ।










Discussion about this post