चैत्र ५, सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक महिनामा मात्रै १ लाख १० हजार बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरि चलाइएका, नियम विपरित गरि सञ्चालन गरिएका सवारी साधनलाई कारवाही गर्दा प्रहरीले १ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो । विभिन्न समयमा चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले ९१ वटा सावरीलाई कारवाही गरि उक्त राजस्व सङ्कलन गरेको जनाइएको छ ।
फागुन महिनामा सबैभन्दा धेरै कार जिप प्रकृतिका सावरी कारवाहीमा परेका छन् । यस महिना ४५ वटा कार जिप प्रकृतिका सवारी कारवाहीमा पर्दा ५० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै ३० वटा मोटरसाइकल कारवाहीमा पर्दा ४४ हजार, ९ वटा ट्रकलाई कारवाही गर्दा ९ हजार ५ सय, १ टिपर कारवाहीमा पर्दा १ हजार, १ वटा बस कारवाहीमा पर्दा १ हजार, ३ वटा ट्याक्टर कारवाहीमा पर्दा ३ हजार ५ सय, १ वटा टेम्पो कारवाहीबाट २ हजार र अन्य १ वटालाई कारवाही गर्दा १ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी चन्द्र बस्नेतले बताउनुभयो ।











Discussion about this post