Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

Radio Everest by Radio Everest
March 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । खोटाङको खानीडाँडा विमानस्थलदेखि याम्खा–याङसोलाटार हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्रे हुने भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय खोटाङमार्फत सडक कालोपत्रेको काम सुरु गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थलभन्दा केहीमुनि पर्ने आहालेदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको रातमाटा–दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यालय हुँदै दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीबजार जोड्ने सडक कालोपत्रे सुरु गरिएको हो । पहिलो चरणमा खानीडाँडा–पञ्चमीबजार सडक खण्डको आहाले–याम्खा ८.०२ किलोमिटर खण्ड कालोपत्रेको काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए ।

सडक कालोपत्रे आयोजना चैत ५ गते कोशी प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास एबं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका छन् । निर्माण कम्पनी युएसजी–रक्तकन्या–हिमश्रृङखला जेभी काठमाडौंले भ्याट र पिएससहित १७ करोड ३७ लाख ८२ हजारमा कालोपत्रे सक्नेगरि आहाले–याम्खा प्याकेजको ठेक्का लिएको हो ।

सो निर्माण कम्पनीले आगामी २०८४ माघ १७ गतेसम्ममा सक्नेगरि गत माघ १८ गते ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडकमा कटिङ, पक्की नाली निर्माण, रिटेनिङ वाल, जाली, पाइप, कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्रे गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

बहुवर्षीय योजना अन्तरगत आहाले–याम्खा खण्ड कालोपत्रेका लागि चालु आर्थिक वर्ष ५ करोड बजेट विनियोजन गरिएको छ । आहाले–याम्खा–पञ्चमीबजार सडकको दोश्रो प्याकेजका लागि ठेक्का प्रकृया अघि बढाइएको इन्जिनियर दाहालले बताए । कोशी प्रदेश सरकारले गत भदौ ३ गतेको बैठकबाट आहाले–याम्खा–पञ्चमीबजार सडकलाई वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरेको थियो ।

Previous Post

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

Next Post

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly