सोलुखुम्बु, चैत्र ५ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले सोलु–काठमाडौं सम्पर्क विभागको पुनर्गठन तथा संगठन विस्तार गर्ने उद्देश्यसहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी चैत्र ७ गते शनिवारका दिन काठमाडौंको चाबहिलस्थित ए वान क्याफेमा कार्यक्रम आयोजना हुने भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रकाश चन्द्र परियार रहने छन् भने प्रमुख वक्ताका रूपमा गणेश पराजुली को उपस्थीति रहनेछ । त्यस्तै, विशिष्ट अतिथिका रूपमा लालविक्रम थापा को उपस्थिति रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौंमा बसोबास गरिरहेका कार्यकर्ता तथा समर्थकहरूलाई एकीकृत गर्दै संगठनलाई थप सशक्त बनाउने लक्ष्य राखिएको छ।
साथै, र्याट संगठन विस्तारमार्फत द्रुत र प्रभावकारी रूपमा पार्टीका गतिविधि सञ्चालन गर्ने योजना रहेको बताइएको छ । कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व,सक्रिय सदस्य तथा नयाँ इच्छुक हरुलाइ उपस्थितिको लागि आह्वान गरिएको छ ।










Discussion about this post