चैत्र ७, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिकामा धागो बनाउने मेसीन जडान गरिएको छ । स्थानीय उत्पादनलाई प्रसोधन गरि धागो निकाल्न सकिने प्रविधिको विकास गर्दै नगरपालिकाको वडा नम्बर १ मा धागो बनाउने मेसिन हस्तान्तरण गरिएको हो । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर १ को हिमचुली सामुदायिक बन उपभोक्ता समुहलाई धागो निकाल्ने मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
गाउँघरमा पाइने उत्पादन दिइसकेका केराको बोटलाई प्रशोधन गरि गुणस्तरीय धागो निकाल्न सकिने मेसिन वितरण गरिएको मेयर कालुमान लामाले बताउनुभयो । यसले यहाँका स्थानीयको आर्थिक उपार्जनमा दिगो सहयोग गर्ने उहाँको विश्वास छ । नगरवासीलाई स्थानीय उत्पादनबाटै समृद्ध बनाउन सकिने अवधारणा सहित यो कार्यक्रम अगाढी सारिएको मेयर लामाले बताउनुभयो । शुक्रबार एक कार्यक्रमका बीच उक्त मेसिनको उद्घाटन गरिएको र यस कदमलाइ उद्योगको रुपमा विकास गरिने जनाइएको छ ।










Discussion about this post