चैत्र १२, सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचीत प्रतिनिधि सभा सदस्य गीता गुरुङले सोलुखुम्बुमा ग्याँसको कृतिम अभाव सृजना भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउनुभएको छ । मध्य पूर्व तनावका कारण पेट्रोलियम पदार्थमा भएको आपुर्ति समस्या नेपालमा पनि भएको अवस्थामा जिल्लामा कृतिम अभाव सृजना गरि कालोबजारी भइरहेको गुनासो आएपछि गुरुङले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत ध्यानाकर्षण गराउनुभएको हो ।
यस विषयमा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउँदै उहाँले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेलाई फोन मार्फत गुरुङले गुनासोहरूको समाधानका लागी अनुरोध गरेको जानकारी दिनुभएको हो । । गुरुङसँगको कुराकानीमा प्रजिअ पाण्डेले जिल्लामा ग्याँसको कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न तत्काल प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।
सिडिओले देखाएको तदारुकता प्रति प्रशंसा गर्दै गुरुङले भन्नुभएको छ, “नागरिकका समस्याप्रति देखाउनुभएको यस तत्परताका लागि म प्रमुख जिल्ला अधिकारीज्यू प्रति आभार प्रकट गर्दछु। आशा छ उहाँले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुहुनेछ ।” उहाँले सोलुखुम्बुबासीका समस्यामा एक जनप्रतिनिधीका रुपमा जनसरोकारका हरेक समस्या र चुनौतीहरूमा सधैं साथमा रहने पतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले समस्या परे सिधै सम्पर्क गर्न पनि भन्नुभएको छ ।










Discussion about this post