चैत्र १३, सोलुखुम्बु । चिसोबाट गर्मीको मौसम सुरु हुँदै गर्दा सोलुखुम्बुका अस्पतालहरूमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्ला अस्पताल फाप्लुमा यतिखेर बिरामीको चाप क्षमता भन्दा ३ गुण बढीले बढेको हो । जिल्ला अस्पताल फाप्लुका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश कुमार मण्डलका अनुसार अस्पतालमा पछिल्लो समय चिसोजन्य समस्या दम, रुघाखोकी, मधुमेह लगायतका बिरामीको चाप बढेको हो ।
१५ सैयाको क्षमता रहेको जिल्ला अस्पतालमा ५० भन्दा बढी बिरामीलाई बेड भर्ना गरि खचाखच अवस्थामा सेवा दिनुपरिरहेको हो । यतिखेर बालबालिकाहरूमा निमोनियाको समस्या पनि ह्वात्तै बढेर आएकाले बेड भर्नामा समस्या हुने गरेको छ । अस्पताललाई ५० सैयाँको बनाउने प्रस्ताव विभिन्न समयमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा गरिएपनि उचित समाधान हुन नसकिरहेको उहाँको गुनासो छ । क्षमता भन्दा बढी सेवा प्रवाह गर्दा जनशक्ति, औषधी लगायतको अभाव भइरहने पनि उहाँको भनाई छ ।










Discussion about this post