चैत्र १४, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सोलुखुम्बुले सरकार गठन भएकोृ अवसरमा दिप प्रज्वलन गरेको छ । पार्टी कार्यालय सल्लेरीमा शुक्रबार साँझ सरकार गठन भएको उपलक्ष्यमा दीप प्रज्वलन गरेको हो । शुक्रबार झण्डै दुई तिहाइ सांसद सहित बालेन्द्र शाह बालनको प्रधानमन्त्रीत्वमा रास्वपाले शक्तिशाली सरकार गठन गरेको छ । त्यसको प्रतिकात्मक रुपमा जिल्लामा पनि दीप प्रज्वलन गरिएको रास्वपा सोलुखुम्बुका कोषध्यक्ष रमेश बस्नेतले बताउनुभयो । उहाँले उज्यालो युगको सुरुवात भएको भन्दै देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम हुने अपेक्षा सहित नागरिकको मतलाई खेर जान नदिन आफ्नो पार्टीको सरकार लागी पर्ने उल्लेख गर्नुभयो ।










Discussion about this post