चैत्र १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका माध्यमिक शिक्षा परीक्षा एसइई दिने विद्यार्थीको सङ्ख्या वर्षेनी घटिरहेको छ । विगत २ वर्ष देखी जिल्लामा एसइई दिने विद्यार्थी सङ्ख्या घट्दै गएको हो । गएको वर्ष १६ सय ९९ जना विद्यार्थीले एसइई दिएकोमा यस वर्ष १६ सय ३६ विद्यार्थी एसइईमा सहभागी हुँदैछन् ।
शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका अनुसार जिल्लाका ८ वटै पालीकामा रहेका १४ वटा परीक्षा केन्द्रहरुबाट यस वर्ष एसइई परिक्षा सञ्चालन हुने छ । यस पटकको एसइईमा नियमित साधारण तर्फका १५ सय १३ विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदै छन भने प्राविधिक धार तर्फका ९९ जना र ग्रेडबृद्धि तर्फका २४ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने भएका छन् ।
यि विद्यार्थीहरूले सोलुदुधकुण्ड नगरपालिकाका ३, माप्य दुधकोशी गाउँपालिकाका २, सोताङको १, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामुका १/१ परीक्षा केन्द्रबाट परीक्षा दिने कार्यालयका सूचना अधिकारी विर्मा डाँगीले बताउनुभयो । उहाँका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।
परीक्षाका लागी आवश्यक उत्तरपुस्तिका, प्रश्नपत्र लगायत जिल्लामा आइसकेको र अव केन्द्रहरूमा पठाइने तयारी भइरहेको छ भने केन्द्रध्यक्षहरुको अभिमुखीकरणका लागी १६ गते डाकिएको छ ।










Discussion about this post